धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ ।
प्रदेश संसदीय दलको बैठकले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेपछि पार्टीको केन्द्रीय तहबाट ‘मिलेर जान’ निर्देशन दिएको हो ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको शनिवार बसेको बैठकले नेतृत्वसहित शक्ति बाँडफाँटको सहमति प्याकेजमै हुनुपर्ने निष्कर्ष निकालेको थियो ।
सो निर्णयको जानकारीसहित निर्देशन आउने गरी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्राचार गरिएको थियो ।
पत्रको जवाफमा पार्टी अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्न निर्देशन दिएको माओवादी स्रोतले बतायो ।
माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न पाउनुपर्ने माग राख्दै आएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।
Leave a Reply