Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • माओवादी आन्दोलनका शीर्ष नेताहरु एउटै कार्यक्रममा

    माओवादी आन्दोलनका शीर्ष नेताहरु एउटै कार्यक्रममा

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 555
    SHARES

    काठमाडौं। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका परिवारका सन्ततिहरूले शीर्ष नेताहरू बोलाएर आज अन्तरक्रिया गर्ने भएका छन् ।

    सहिद र बेपत्ता परिवारका सन्ततिहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित शीर्ष नेताहरूलाई बोलाएर कार्यक्रम गर्न लागेका हुन् ।



    माओवादी आन्दोलनका नेताहरु आज एउटै कार्यक्रममा सहभागी हुँदैछन् ।



    सो कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा माओवादी बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत नेताहरु कार्यक्रममा सहभागी हुने छन् ।

    सहिद सप्ताहको अन्तिम दिन पारेर आज प्रज्ञा भवन कमलादीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

    २०५२ सालदेखि १० वर्षसम्म सशस्त्र संघर्ष गरेका माओवादी नेताहरु शान्तिप्रक्रियामा आएपछि विभिन्न समूहमा विभाजित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार