काठमाडौं । थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको हृदयघातबाट निधन भएको छ ।
उपचारको क्रममा धनगढी उपमहानगरपालिका-१ शिवनगर घर भएका ४५ वर्षिय थारुको निधन पोर्चुगलको एक अस्पतालमा भएको हो ।
उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो । अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको जनाएको छ ।
कमैया नामक डकुमेन्ट्रीमा उनले प्रमुख पात्रको भूमिका निर्वाह गरेका छन् । उनी सन् २०११ देखि पोर्चुगलमा बस्दै आएका थिए ।
Leave a Reply