Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वास मत नदिने

    माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वास मत नदिने

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 774
    SHARES

    फाइल तस्विर

    धनगढी । नेकपा माओवादी केन्द्रले तत्काललाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिन गइरहेको बेला माओवादीले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।



    बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।



    एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्वसहित प्याकेजमा पावर सेयरिङ हुनुपर्ने माग राख्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार