Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • भोलिदेखि नारायणगढ-मुग्लिन सडक बन्द नहुने

    भोलिदेखि नारायणगढ-मुग्लिन सडक बन्द नहुने

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 657
    SHARES

    चितवन । नारायणगढ-मुग्लिन सडक भोलि आइतबारदेखि दिउँसोमा बन्द नहुने भएको छ ।

    नारायणगढ-मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो ।



    भोलिबाट नारायणगढ मुग्लिन सडक खण्डमा चौबीसै घण्टा गाडी चल्ने छन् । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो ।



    पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको छ । त्यसमध्ये तुइन खोलामा मुग्लिन तर्फको पहाडको भागमा कडा चट्टान परेका कारण मेसिले काम गर्न नसकेर विस्फोट गराउने निणर्य भएको छ ।

    पुस ५ गतेदेखि महिना दिनका लागि भनेर बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुन सुरू भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार