एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ ।
भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी-२० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त भेटवार्ता भएको हो ।
रुस-युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी भएको थियो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार वार्तालापको क्रममा ब्लिन्केनले रुसलाई विशेष सैन्य कारबाही अन्त्य गर्न र अर्थपूर्ण कूटनीतिमा संलग्न हुन, नयाँ रणनीतिक हतियार कटौती सन्धि कार्यान्वयनमा फर्कन र जेलमा बन्दी रहेका पूर्व अमेरिकी मरीन पल व्हेलनलाई रिहा गर्न आग्रह गरेको छ ।
तर रुसी पक्षले अमेरिकाको व्यवहार विश्वसनीय नभएको भन्दै अमेरिकी आग्रह स्वीकार्न अफ्ठेरो भएको बताएको तास समाचार एजेन्सीले जनाएको छ ।
Leave a Reply