Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धनविरुद्ध लिङ्देनको आक्रोश– संविधान आवश्यकताअनुसार फेरिन्छ र फ्याँकिन्छ पनि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आठ दलीय गठबन्धन संविधान रक्षाका लागि नबनेको बताएका छन् ।

शनिबार बिहानमा सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङ्देनले भनेका छन्, ‘संविधान गीता, बाइबल, कुरानजस्तो अपरिवर्तनीय हुँदैन, आवश्यकताअनुसार फेरिन्छ र फ्याँकिन्छ पनि।

दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ, सन्दर्भ- संविधानको रक्षाका लागि गठबन्धन।’

आठ दलीय गठबन्धन बनेपछि सत्ताबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको राप्रपाका अध्यक्ष लिङ्देनले दलहरूले संविधान होइन, जनताको हित रक्षाका लागि गठबन्धन गर्नुपर्ने टिप्पणी गरे।

संविधान कुनै धर्मशास्त्रजस्तो अपरिवर्तनीय नभएर आवश्यकताअनुसार फेर्न र फ्याँक्नसमेत सकिने तर्क गर्दै अध्यक्ष लिङ्देनले दलहरूले उल्टो काम गरिरहेको आरोप पनि लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077