Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेश नामकरणप्रति जसपाको आपत्ति, संघर्षमा होमिने चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले प्रदेश १ को नाम कोशी राखेकोप्रति आपत्ति जनाएको छ ।

जसपाको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नामकरणको विरोध गरेका हुन् ।

‘कोशी प्रदेश हुनुपर्छ भनेर कहीँ कतै आन्दोलन भएन। कहीँ कतैबाट नमागेको नाम जबरजस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छ ?’ प्रदेश अध्यक्ष दीपक याक्खाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशको नाम ऐतिहासिक थातथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्छ भन्ने मत जसपा, नेपालले राख्दै आएको छ।’ ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म संघर्ष चर्काउने विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार पार्टी सम्बद्ध पहिचानमा आधारित राष्ट्रिय समितिले विज्ञप्ति जारी गरी ‘षड्यन्त्रपूर्वक कोसी प्रदेश नामकरण पछि त्यो क्षेत्रको राजनीतिक कोर्स परिवर्तन भएको र यस भूमिमा विद्रोहको दीर्घकालीन बीजारोपण गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077