काठमाडौं । राष्ट्रपति चुनावमा भोट माग्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा पुगेका छन् ।
पौडेलसँग नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, प्रमुख सचेतक रमेश लेखकलगायतका नेताहरु पुगेका छन् ।
रास्वपाको तर्फबाट छलफलमा सभापति लामिछाने, उपसभापति डीपी अर्याललगायत नेताहरु सहभागी छन् ।
बिहीबार मात्रै एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले रास्वपा नेताहरुलाई भेटेर सहयोग मागेका थिए।