काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब बन्ने राष्ट्रपतिलाई विगतको जस्तो गल्ती गर्ने छुट नभएको बताएका छन्।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलले गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले विगतमा राष्ट्रपतिको संस्थाबाट धेरै त्रुटी भएको भन्दै अबको राष्ट्रपतिलाई गल्ती गर्ने छुट नभएको बताए। उनले एउटा व्यक्तिका कारण गत पाँच वर्ष खेर गएको भन्दै अबको समयमा जनतामा आशा सञ्चार गर्ने काम गर्नुपर्ने धारणा राखे।
उनले जनताका लागि परिणाममूखी काम गर्न सके गठबन्धनले औचित्य पुष्टि गर्नै नपर्ने बताए। थापाले अब बन्ने राष्ट्रपति दलको प्रतिनिधि हुन नसक्ने जिकिर गरे।
त्यस्तै थापाले अहिले प्रचण्ड, माधव नेपाल लगायतका शीर्ष नेतामा पदको लोभ नभएकै कारण नयाँ गठबन्धन बन्न सकेको जिकिर गरे।