Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मतदान गर्न जाँदा परिचय खुल्ने पत्र लैजान आयोगको आग्रह

काठमाडौं । फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न जाँदा परिचय खुल्ने पत्र साथमा लिएर जान निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज सूचना जारी गरी यस्तो आग्रह गरेको हो ।

आयोगद्वारा जारी सूचनामा भनिएको छ- ‘निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा, नेपाली नागरिकताको प्रमाण पत्र वा, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077