काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको व्यवहारका कारण राष्ट्रपतिको चुनावले चर्चा पाएको बताएका छन् ।
मोरङको विराटनगरमा ८ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले भने, ‘सेरेमोनियल राष्ट्रपतिका लागि यतिधेरै नोकझोक, दौडधुप किन भनेर पनि साथीहरू सोधिरहनु भएको छ। यसअघिको कार्यकालको समीक्षाको जगमा यसको पृष्ठभूमि खोज्नुपर्छ।
हामीलाई ढोक्सा थापेको आरोप ओलीजीले लगाउनुभयो । तर हामी चुनावमा पनि सँगै भएकाले ढोक्सा उहाँहरूले थाप्नु भएको हो ।'
यस्तै,पुस १० गते हाम्रो गठबन्धन टुट्नु गल्ती भएको भन्दै महामन्त्री शर्माले गठबन्धन पुस १० को जस्तो नभएको उनले बताए । उनले यो गठबन्धन १२ बुँदे सहमतिसँग पनि जोडिएकाले नटुट्ने बताए ।