धनगढी । बैंकको ब्याजदर घटाउन माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि व्यापारीहरुले धर्ना दिएका छन् ।
व्यापारीहरु बिहान ११ बजे सम्म व्यापार बन्द गरेर धर्नामा उत्रिएका हुन् ।
बैंकहरुले चर्को ब्याज लिएर कानून उल्लंघन जारी राखेको भन्दै कारबाही गर्न र ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीले धनगढी चौराहदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रदर्शन गरेका हुन् ।
भोलिबाट थप आन्दोलन सशक्त पारिने कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ । पछिल्लो समय देशका धेरै जिल्लामा लघुवित्त तथा वैंकहरुले मारमा पर्ने गरी ब्याज असुलेको भन्दै विरोधका कार्यक्रमहरु भइरहेका छन् ।
Leave a Reply