Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा- २ मा उपनिर्वाचन लड्ने तयारीमा उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष बारा–२ बाट उपनिर्वाचनमा उम्मेद्वार बन्ने तयारीमा लागेका छन् ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका यादव उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएपछि खाली हुने सिटमा चुनाव लड्ने तयारी गरेका हुन् ।

गत मंसिरमा भएको संसदीय निर्वाचनमा बारा-२ बाट जसपाका रामसहायप्रसाद यादाव निर्वाचित भएका थिए । तर, उपराष्ट्रपति बन्न सांसद पद त्याग्नुपर्ने भएकोले उक्त स्थान खाली हुने भएको हो ।

१२ फागुनमा बनेको ८ दलीय गठबन्धनको सहमति अनुसार राष्ट्रपति नेपाली कांग्रेसका रामचन्द्र पौडेल र उपराष्ट्रपति जसपाका रामसहायप्रसाद यादवलाई बनाउने सहमति भएको छ ।

उक्त सहमति अनुसार नै दलहरु अघि बढेको अवस्थामा बारा २ मा रिक्त हुने सांसद पदका लागि उपनिर्वान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077