Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशबारे माओवादीको स्पष्टीकरण : संसदीय अंकगणितको प्रतिकूलताले पहिचान जोड्न सकेनौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिचानमा आधारित नामका पक्षमा भए पनि प्रदेशसभाको प्रतिकूल अंकगणितका कारण प्रदेश नम्बर १ को नामकरण गर्न नसकिएकामा दुःख व्यक्त गरेको छ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ले विज्ञप्ति जारी गरी पहिचानमा आधारित नामकरण गर्न नसक्दा दुःखी भएको बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ,‘पहिचानमा आधारित नामकरण गर्न नसक्दा आम पहिचान पक्षधर प्रदेशवासीसँगै हामी पनि दुःखी छौँ। तर, इतिहास दुखेसो मात्र गरेर बन्दैन। संघर्ष र जनमतबाट मात्रै इतिहास निर्माण गर्न सकिन्छ भन्ने तथ्यलाई मध्यनजर गर्दै हामी फेरि दोहोर्‍याउँछौं, संसदीय अंकगणितको प्रतिकूलताले पहिचानमा आधारित प्रदेश नामकरण गर्न असमर्थ भएका छौँ।’

प्रदेशसभाको दुईतिहाइ बहुमतले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राखिसकेको छ। पहिचान पक्षधर माओवादी केन्द्रले समेत यसैमा सहमति जनाएको भन्दै कार्यकर्ता पंक्तिबाट आलोचना भइरहेका बेला माओवादी केन्द्रको प्रदेश संसदीय दलले विज्ञप्ति जारी गरी स्पष्टीकरण दिए।

यसपटक प्रदेशसभामा आफू कमजोर रहेका कारण पहिचानवादी नाम राख्न नसकिए पनि प्रयास भने जारी रहने आश्वासन पनि माओवादी केन्द्रले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077