Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पशुपति क्षेत्रका अवैध संरचना हटाउन काठमाडौं महानगरको २४ घण्टे 'अल्टिमेटम'

काठमाडौं । माडवारी समाजलाई धर्मशालामा बनाएको अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाले अल्टिमेटम दिएको छ ।

बिहीबार महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले माडवारी समाजलाई गौशालास्थित धर्मशालामा बनाएको अवैध संरचना हटाउन मौखिक रूपमा २४ घण्टे अल्टिमेटम दिएको हो ।

महानगरका मेयर बालेन शाहलाई सम्बोधन गरेर बुधबार पशुपति क्षेत्र विकास कोषले पठाएको पत्रमा कोषअन्तर्गत पर्ने क्षेत्रमा अतिक्रमित संरचना अझै बाँकी रहेकाले हटाएर सहयोग गरिदिन आग्रह गरिएको थियो ।

काठमाडौं महानगरपालिका ८ का वडाध्यक्ष आशामान संगतका अनुसार एक रोपनी जग्गा भोगचलनको सम्झौता भए पनि माडवारी समाजले १० रोपनी भोगचलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077