Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एलडीसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ भोलि कतार जाँदै

    एलडीसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ भोलि कतार जाँदै

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 576
    SHARES

    काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन भोलि कतारको दोहा जाने भएका छन् ।

    यही फागुन २१ देखि २५ गतेसम्म आयोजित सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल दोहा जाने तय भए पनि राष्ट्रपति निर्वाचनलगायत राजनीतिक घटनाक्रमका कारण मन्त्री श्रेष्ठ जान लागेका हुन् ।



    साथै, दोहामा रहेका नेपालीसँग मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ यही फागुन २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार