काठमाडौं । अफ्रिकी मुलुक युगान्डाकी महिलालाई काठमाडौं ल्याएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले यौन व्यवसायमा लगाएको आरोपमा युगान्डाकै २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो ।
नतासाले काठमाडौंको ठमेलस्थित एक होटलमा विदेशी महिलालाई ल्याएर वेश्यावृत्तिमा लगाउने गरेकी थिइन् ।
नेपालमा क्लिनर, वेट्रेस लगायत काममा मासिक ५०० अमेरिकी डलर कमाइ हुने आश्वासन दिएर पीडितलाई नेपालमा ल्याएर नतासाले आफु बसेको होटलमा राख्ने गरेको दाबी गरिएको छ ।
नतासाले नेपाली र भारतीय मुलका व्यक्तिहरुसँग शारीरिक सम्बन्धमा लगाउने गरेकी थिइन् । दैनिक ५÷६ जनासम्मसँग सम्बन्ध राख्न लगाउने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Leave a Reply