Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • ओलीले संसद विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोचें : प्रधानमन्त्री प्रचण्ड

    ओलीले संसद विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोचें : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 606
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन ठीक थियो भन्ने केपी शर्मा ओलीको अभिव्यक्तिपछि आफूले नयाँ विकल्प खोजेको दाबी गरेका छन् ।

    राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई समर्थन दिएका ८ दलका सांसदको अभिमुखीकरण कार्यक्रमलाई बिहीवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रचण्डले भने,’मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो। पुस २६ गतेको संसद्मा केपीजीले हिजो संसद् विघटन गर्नु ठीक थियो भन्नुभयो।



    हामी संसद् विघटनको विपक्षमा थियौं । हामी आफैंले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौं । तर, उहाँले ठीक गरेका थियौं भनेपछि हामी सोच्न बाध्य भयौं । त्यसले नयाँ परिस्थिति बन्यो।’

    प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए। उनले गठबन्धनलाई सुदृढ बनाएर अगाडि बढ्ने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार