Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङलाई सघाउने रास्वपाको संकेत

    राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङलाई सघाउने रास्वपाको संकेत

    भन्यो- पुस १० को सहमतिलाई मनन गरेर निर्णय लिन्छौं

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 801
    SHARES

    काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

    बिहीबार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा रास्वपा सभपति लामिछानेसँग भेट गरेका हुन् । भेटपछि एमाले सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उमेदवार दिएका नेम्वाङलाई सहयोग गर्ने बताए ।



    उनले यसबेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै रहेको बताए । उनले रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्नेकुरा राखेको बताए ।



    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरुले पार्टीको आन्तरिक छलफल पछि निर्णय लिने जानकारी गराएको बताए ।

    महामन्त्री ढकालले पुस १० गतेको सहमति आफूहरुले मनन् गरेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर बैठकमा छलफल गरी निर्णय गर्नेकुरामा आफ्नो पार्टी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार