Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • नेपालले युएईलाई दियो १९१ रनको लक्ष्य, विजेता टोलीले यू–१९ विश्वकप खेल्ने

    नेपालले युएईलाई दियो १९१ रनको लक्ष्य, विजेता टोलीले यू–१९ विश्वकप खेल्ने

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 657
    SHARES

    काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले युएईलाई १९१ रनको लक्ष्य दिएको छ।

    यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि देव खनालले अर्धशतक प्रहार गरे।



    कप्तान देव खनालले ८४ रनमा ५१ रन बनाएर आउट भए। उनले ३ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनरद्वय दीपक बोहोरा ‘ए’ १ बलमै बिना रन आउट भए। अजुर्न कुमालले १५ बलमा ३ रन बनाएर आउट भए।



    आकाश त्रिपाटीले १३ बलमा ९ रन बनाएर आउट हुन पुगे। त्यस्तै उत्तम रंगु थापा मगरले ४८ बलमा ३६ रन बनाएर आउट हुन पुगे। विशाल ब्रिकम केसीले ५० बलमा ३८ रन बनाएर आउट हुन पुगे।

    मिलन बोहोराले २१ बलमा १० रन बनाएर आउट भए भने शुबास भण्डारीले १० बलमा २ रन बनाएर आउट भए। त्यस्तै हेमन्त धामीले १३ बलमा १३ रन बनाएर आउट हुन पुगेका थिए।

    प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार