Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • प्रिमियर लिग : आर्सनल र लिभरपुलको सहज जीत

    प्रिमियर लिग : आर्सनल र लिभरपुलको सहज जीत

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 435
    SHARES

    एजेन्सी । एभर्टनमाथि गोल वर्षा गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ ।

    बुधबार राति आर्सनलले एभर्टनलाई ४–० गोलले पराजित गरेको हो । आर्सनलको जीतमा ग्याब्रिएल मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले एक–एक गोल गरे ।



    जीतसँगै २५ खेलबाट आर्सनलको ६० अंक रहेको छ । यस्तै लिभरपुलले वुल्भरह्याम्पटन वाडरर्सलाई २–० गोलले पराजित गरेको छ ।



    लिभरपुलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । २४ खेलबाट ३९ अंक बटुल्दै लिभरपुल लिगको छैटौँ स्थानमा उक्लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार