Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पदका उम्मेदवार पौडेल र नेम्वाङ मत माग्न व्यस्त

काठमाडौं । राष्ट्रपति पदका लागि उम्मेदवारद्धय नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ आफ्नो पक्षमा मत माग्न व्यस्त देखिएका छन् ।

पौडेल र नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँगको छलफल तीव्र पारेका हुन् ।

यही फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि पौडेल र नेम्वाङले गएको १३ गते मनोनयन दर्ता गरेका थिए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेसका नेता पौडेललाई समर्थन गरेका छन् ।

आठ राजनीतिक दलको प्रचारप्रसार अभियान आजदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077