Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ईपीएसमार्फत कोरिया जानेको कोटा बढ्यो

    ईपीएसमार्फत कोरिया जानेको कोटा बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 714
    SHARES

    फाइल तस्विर

    ककाठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् ।

    आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।



    वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार सन् २०२३ मा २२ हजार नेपाली युवा ईपीएसमार्फत दक्षिण कोरिया पठाउने गरी काम भइरहेको छ ।



    पछिल्लो पटक दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी)ले श्रमिक आपूर्तिबारे केही नीति परिवर्तन गर्दै जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ ।

    ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले दक्षिण कोरिया सरकारले तोकेका प्रक्रिया पूरा गरेर छिटो र छरितो रूपमा श्रमिक पठाउन ईपीएस शाखा सफल भएकाले यस पटक नेपालले बढी कोटा प्राप्त गरेको जानकारी दिए ।

    उनले भने, “नेपालबाट ईपीएसमार्फत कोरिया जाने श्रमिक छनोट प्रक्रिया पारदर्शी छ, एचआरडीले तोकेको मापदण्डअनुसार छिटो श्रमिक तयार गर्न सकेका छौँ । त्यसैले यो वर्ष दक्षिण कोरियाले नेपालबाट बढी श्रमिक लिन थालेको छ ।” गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार