Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्धनको मूल्य हाललाई यथावत् राख्ने निगमको निर्णय

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य यथावत राख्ने निर्णय गरेको छ ।

भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निगमले निर्णय गरेको हो ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि स्थानीय बजारमा भने मूल्य यथावत राख्ने निगमले जनाएको छ । आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा र डिजेल प्रतिलिटर पाँच रुपैयाँले घटेको छ ।

त्यस्तै नयाँ मूल्य सूचीअनुसार मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा र हवाई इन्धन पाँच रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रतिसिलिन्डर तीन सय ४९ रुपैयाँले वृद्धि भएको छ ।

अब ग्यासमा मात्रै प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ । निगमका अनुसार सरकारलाई तिर्नुपर्ने ऋण र आईओसीलाई तिर्नुपर्ने बक्यौता १६ अर्ब छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077