Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपरथी शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृत पनि छानबिनको दायरामा

काठमाडौं । नेपाली सेनाले आर्थिक अनियमितताको आरोप लागेर छानबिन भइरहेका उपरथी प्रेम शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृतहरुलाई छानबिनको दायरामा ल्याएको छ ।

प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई छानबिनका लागि बोलाएको हो ।

उपरथी शाहीमाथि आर्थिक अनियमितताको उजुरी परेपछि सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गरेको थियो ।

कोर्ट अफ इन्क्वायरीले छानबिन गर्दा थप दुई सैनिक अधिकृत पनि जोडिन आएपछि सेनाले थप अनुसन्धानका लागि दुवै जनालाई बोलाएको बताइएको छ ।

उपरथी शाहीको कोर्ट अफ इन्क्वायरीपछि गत शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक अदालत अन्तर्गत रहेर अर्का उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा कोर्ट मार्सल गठन गरेका छन् । अब उक्त कोर्ट मार्सलले कोर्ट अफ इन्क्वायरीले छानबिन गरेको प्रमाणका आधारमा निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077