Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा अल्बर्टो

    राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा अल्बर्टो

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 918
    SHARES

    काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले इटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेसलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ।

    बुधबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले अल्बर्टोलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो।



    साथै एन्फाले चैत ६ देखि १७ सम्म दशरथ रंगशालामा प्रधानमन्त्री थ्रीनेसन कप अन्तर्राष्ट्रय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ।



    प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजार रुपैयाको टिकट मूल्य निर्धारण गरिएको छ।

    अल्बर्टो एनेस इटालियन व्‍यवसायिक फुटबल प्रशिक्षक र पूर्व खेलाडी हुन्। उनी हाल इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडका मुख्य प्रशिक्षक छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार