Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • १८ दिनपछि धकेलियो संसद बैठक, राष्ट्रपति निर्वाचनपछि मात्र प्रचण्डले विश्वासको मत लिने

    १८ दिनपछि धकेलियो संसद बैठक, राष्ट्रपति निर्वाचनपछि मात्र प्रचण्डले विश्वासको मत लिने

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 534
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन्।

    बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने समय पनि धकेलिएको हो ।



    संसद सचिवालयले बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक आगामी चैत ५ गतेसम्मका लागि सारेको छ ।



    राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ। एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने कांग्रेसले आफू सरकारमा नगएसम्म प्रतिपक्षमै रहने अडान लिएको छ।

    पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। त्यतिबेला उनले २६८ मत पाएका थिए।

    तत्कालीन गठबन्धनका दलहरू एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार