Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं । आसन्न राष्ट्रपति पदको निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मंगलबार साँझ अन्तिम नामावली प्रकाशित गरेको हो । शनिबार उम्मेदवारी दर्ता गराएका रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको नामावली कायम भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिका निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा २३ बमोजिम अन्तिम नामावली प्रकाशित गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जनकारी दिए ।

नामावलीअनुसार वर्णानुक्रमको पहिलो नम्बरमा रामचन्द्र पौडेलको नाम छ । यहप् फागुन २५ गते राष्ट्रपतिको निर्वाचनका लागि मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077