Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महासचिव पोखरेलको टिप्पणी - उग्रवामपन्थी अतिवाद पतनको उदाहरण प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पतनोन्मुख यात्रामा रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले प्रधानमन्त्री प्रचण्ड पतनोन्मुख यात्रामा रहेको बताएका हुन्। उग्रवामपन्थी अतिवादको पतन कसरी हुन्छ भन्ने कुरा प्रचण्डलाई हेरे पुग्ने उनको तर्क छ।

महासचिव पोखरेलले लेखेका छन्,'उग्रवामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा ।'

फागुन १२ गते प्रधानमन्त्री प्रचण्डले ८ दलीय गठबन्धन ब्यूँत्याएसँगै एमाले नेताहरूले निरन्तर आक्रोश व्यक्त गरिरहेका छन्। पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी सत्ता यात्रा गरेका प्रचण्डले पुस २६ मा कांग्रेसको पनि विश्वासको मत पाएपछि पुरानै गठबन्धनको यात्रा थालेका थिए।

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि माओवादी केन्द्रले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077