Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयका सात सहसचिवको जिम्मेवारी हेरफेर, योजना महाशाखामा रुद्रादेबी

काठमाडौं । गृह मन्त्रालयअन्तर्गत कार्यरत सात सहसचिवको जिम्मेवारी हेरफेर भएको छ।

सहसचिव झलकराम अधिकारी, सहसचिव फणीन्द्र मणि पोखरेल, आस्मान तामाङ, रुद्रादेबी शर्मा, नारायण रिसाल, बन्धुराज बास्तोला र जगन्नाथ पन्तको जिम्मेवारी हेरफेर गरिएको हो ।

जसअनुसार अध्यागमन विभागका महानिर्देशकको जिम्मेवारी सहसचिव झलकराम अधिकारीले पाएका छन्। केही दिनअघि मात्रै गृह मन्त्रालयमा सरुवा भएर आएका अधिकारीलाई विभागको महानिर्देशक जिम्मेवारी दिइएको हो।

यसअघि अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए। त्यस्तै,सहसचिव फणीन्द्र मणि पोखरेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक, आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

यसैगरी रुद्रादेबी शर्मालाई नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा, नारायण रिसाललाई जिल्ला प्रशासन कार्यालय बर्दिया, बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पामा कार्यरत जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077