Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नुपरेको निवर्तमान स्वास्थ्यमन्त्री गिरीको गुनासो

    काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नुपरेको निवर्तमान स्वास्थ्यमन्त्री गिरीको गुनासो

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 633
    SHARES

    काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नुपरेको बताएका छन् ।

    स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनु परेको उनको गुनासो थियो ।



    ‘४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरे,’ उनले भने, ‘अब काम सुरु गर्ने बेलामा भने मन्त्रालयबाट बिदा लिनुपर्‍यो ।’

    उनले स्वास्थ्य सामग्रीहरुको दूरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार