काठमाडौं । प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ ।
आगलागीको घटनामा परेर घाइते भएका कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।
अस्पताल भर्नाको १३औँ दिनम आज उनको दायाँ हातको अपरेसन गरिने अस्पताल परिसरमा रहेका भण्डारीका नातेदार मीनप्रसाद भण्डारीले जानकारी दिए ।
फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए।
Leave a Reply