Online Nepal
  • शनिबार, ६ पुष २०८१
  • अब केन्द्रदेखि प्रदेशसम्म गठबन्धन सरकार बन्छ : गगन थापा

    अब केन्द्रदेखि प्रदेशसम्म गठबन्धन सरकार बन्छ : गगन थापा

    घाम लागेको बेला गठबन्धन भत्काएको हो : थापा

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 558
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि प्रदेशसम्म अब गठबन्धनबाट सरकार बन्ने बताएका छन्।

    गत पुस १० को गठबन्धन भत्काइएकोले अब चुनावकै बेलाको गठबन्धनबाट सबैतिर सरकार बन्ने थापाले बताएका हुन्।



    थापाले भने, ‘पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ। केन्द्रदेखि प्रदेशसम्म अब हाम्रो गठबन्धनबाट सरकार बन्‍छ । पुस १० मा अस्वभाविकरूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ। अँध्यारोमा होइन उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो।’



    उनले पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा गर्दै जितेर आएकोले त्यो गठबन्धनले सरकार बनाउनु स्वभाविक हुने बताए।

    उनले गठबन्धन बलियो बनाउँदै ५ वर्षसम्म टिकाउन सबै लाग्नुपर्ने बताए। उनले ८ दलीय गठबन्धनभित्र जे सहमति भएको छ त्यो पालना गर्नुपर्ने र विभिन्न बैठकहरू अब आवश्यक नपर्ने पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार