काठमाडौं । सरकारले भीडभाड हुने सरकारी कार्यालयहरू शनिबार पनि खोल्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालयहरू शनिबार पनि खोल्ने निर्णय गरेको हो ।
सेवाप्रवाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय भएको बताइएको छ ।
भीडभाडका कारण समयमै सेवा लिन नपाउँदा सेवाग्राहीहरू मर्कामा पर्दै आएपछि सरकारले बिदाको समयमा पनि कार्यालय खोल्ने निर्णय गरेको हो ।