Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिसडोलमा हानिकारक फोहोर पुर्‍याउनेलाई महानगरले गर्‍यो ५० हजार जरिवाना

काठमाडौं । सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानीकारक फोहोर पुर्‍याउनेलाई काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

वडा नम्बर ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्‍याएको थियो ।

महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको छ । जरिवानाका विषयमा वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठ भने, ‘कानुनले बर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई पनि कारवाही गर्छौँ ।’

अहिले काठमाडौँसहित उपत्यकाका सबै नगरको फोहोर बञ्चरे डाँडास्थित साइटमा व्यवस्थापन भइरहेको छ । यहाँ सामान्य फोहोर मात्र लैजान मिल्छ ।

हानीकारक फोहोरलाई उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदल्नु पर्छ । त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077