Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका-२ का ५० वर्षीय बाशुदेवी तिरुवा रहेका छन्।

कञ्चनपुरको दैजीबाट डडेल्धुराको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जीप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जीपमा ११ जना यात्रु सवार थिए। केही यात्रु सामान्य घाइते छन्। इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार सडकमा ब्याक गर्ने क्रममा जीप दुर्घटना भएको थियो।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077