Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • आठ दलीय गठबन्धनले प्रदेश सांसदहरुको भेला गर्ने

    आठ दलीय गठबन्धनले प्रदेश सांसदहरुको भेला गर्ने

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 876
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने भएको छ । सातै प्रदेशका राजधानीमा १९ गते आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय गरेको हो ।

    आठ दलीय गठबन्धनको कार्यदलले आज सोमबार बसेको बैठकले १८ गते काठमाडौंमा उपलब्ध सांसदको भेला गर्ने निर्णय गरेको छ ।



    राष्ट्रपति निर्वाचनको अघिल्लो दिन संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यदलको बैठकले निर्णय गरेको छ ।



    कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको पहिलो बैठक आज बसेको थियो । एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् ।

    तत्कालीन सत्ता गठबन्धनका तेस्रो र चौथो ठूलो दल रास्वपा र राप्रपा पनि सरकारबाट बाहिरिइसकेका छन् । अहिले प्रधानमन्त्री प्रचण्डको साथमा एमालेले सम्हालेका ८ सहित १६ मन्त्रालय छन् ।

    माओवादी केन्द्र र जनमत पार्टीबाहेक सरकारबाट अरु सबै दल बाहिरिएकाले पनि राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने विषयमा बालुवाटार बैठकमा पनि छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार