Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • समर्थन फिर्ता लिएपछि ६४ दिनमै टुंगियो माओवादी-एमाले सत्ता सहयात्रा

    समर्थन फिर्ता लिएपछि ६४ दिनमै टुंगियो माओवादी-एमाले सत्ता सहयात्रा

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 621
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको प्रमुख साझेदार नेकपा एमालेले सरकार छाडेको छ ।

    १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको विदेश भ्रमण रोकिदिएपछि एमालेले अपर्झट सरकार छाड्ने निर्णय गरेको हो ।



    आइतवार राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा सहभागी हुन जेनेभा जान लागेकी मन्त्री राइलाई हिजो प्रधानमन्त्रीले रोकेका थिए । प्रधानमन्त्री प्रचण्डले शपथ लिएकै दिन पुस ११ गते एमाले सरकारमा सहभागि भएको थियो ।



    उपप्रधानम एवं अर्थमन्त्री विष्णु पौडेल लगायत मन्त्रीले आजै प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिने तयारी गरेका छन् । एमालेको संसदमा ७८ सांसद छन्।

    आइतबार राप्रपाले पनि सरकार छोड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। प्रचण्ड १० पुसमा १६९ सांसदको समर्थनमा प्रधानमन्त्री चयन चयन भएका थिए । २६ पुसमा उनलाई कांग्रेससहित दलले विश्वाससको मत दिँदा २६८ सांसदको समर्थन पाएका थिए ।

    अब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार