काठमाडौं । दरबारमार्गका व्यवसायीहरूले सोमबार एक घण्टा सटर बन्द गर्ने भएका छन् ।
काठमाडौं महानगरपालिकाले दरबारमार्गको सडकमा हुने अव्यवस्थित सवारी पार्किङ हटाउँदा व्यापारमा गिरावट आएपछि व्यवसायीहरूले विरोध गर्दै एक घण्टा सटर बन्द गर्ने लागेका हुन् ।
अपराह्न साढे ४ देखि साढे ५ बजेसम्म सटर बन्द गर्ने व्यापारीको तयारी छ । महानगरले गएको पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको थियो ।
सडकबाट पार्किङ हटाइएको भन्दै स्थानीय व्यवसायीले महानगरको विरोध समेत गर्दै आएका छन् ।
Leave a Reply