काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे चम्किँदा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ ।
फ्रेन्च लिग वानमा पीएसजीले घरेलु टोली मार्सेलाई ३–० गोलले पराजित गर्यो । आइतबार राति भएको खेलको २५औं मिनेटमा एमबाप्पेले गरेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । २९औं मिनेटमा एमबाप्पेको पासमा मेसीले दोस्रो गोल थपे।
खेलको ५५औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसपछि थप गोल हुन नसक्दा पीएजीले ३–० गोलको जित निकाल्यो।
आइतबार रातिको जितसँगै शीर्ष स्थानमा पीएसजीले २५ खेलबाट ६० अंक जोडेको छ ।
Leave a Reply