Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • बाबुराम भट्टराईको प्रश्न – यही हो लोकतन्त्र, हामी कता जादैछौं ?

    बाबुराम भट्टराईको प्रश्न – यही हो लोकतन्त्र, हामी कता जादैछौं ?

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 666
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हामी कता जाँदैछौं ? भन्दै प्रश्न गरेका छन् ।

    उनले आइतबार राति सामाजिक सञ्जालमा ट्वीट गर्दै यस्तो प्रश्न गरेका हुन् ।



    संसदको एउटा कार्यकालका लागि तीन प्रमको अग्रिम बाँडफाँट, जनसरोकारका मुद्दा नास्ति, यही हो लोकतन्त्र ? हामी कता जाँदैछौं ? उनले प्रश्न गरे ।



    उनको ट्वीटमा लेखिएको छ,’आम निर्वाचनको तीन महिनाभित्र दुई गठबन्धन र सरकार परिवर्तन, गठबन्धनमा विचार, नीति, कार्यक्रमको कुनै तादाम्य नास्ति ! दल र नेताहरुको निम्ति राजकीय पदको भागबण्डा मुख्य मुद्दा । संसदको एउटा कार्यकालका लागि तीन प्रमको अग्रिम बाँडफाँट । जनसरोकारका मुद्दा नास्ति १ यही हो लोकतन्त्र ? हामी कता जाँदैछौं ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार