काठमाडौं । अष्ट्रेलियाले आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि छैटौँ पटक जितेको छ ।
केपटाउनमा आइतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि लौरा वुलभर्टले ६१ रनको अर्धशतकीय पारी खेलिन् ।
Leave a Reply