कर्णाली । नेकपा (एकीकृत समाजवादी) का सम्माननीय नेता झलनाथ खनालले सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भएको बताएका छन् ।
आज सुर्खेतमा पुगेका नेता खनालले पत्रकारसँग सो कुरा बताएका हुन् । 'पछिल्लो समय सत्ता प्राप्त गर्न मात्र पार्टीहरू केन्द्रित भए,' उनले भने ।
उनले वामपन्थीको बीचमा एकता हुन आवश्यक रहेको पनि बताए ।
नीति, विधि, सिद्धान्त, योजना नमिल्ने कुनै पार्टीसँग एकता नहुने बताउँदै नेता खनालले पछिल्लो गठबन्धनबाट गुणात्मक परिवर्तन आश गर्न नसकिने तर्क गरे ।