Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंको मौसम खराब हुँदा विमान दिल्ली डाइभर्ट

काठमाडौं । आइतबार दिउँसोदेखि अचानक काठमाडौंको मौसममा परिवर्तन भएपछि हवाई उडानहरु समेत प्रभावित भएका छन् ।

मौसम खराब भएका कारण विदेशबाट आएका केही विमान अवतरण हुन नसकेर एक घण्टादेखि आकाशमै चक्कर लगाइरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ड्यूटी अफिसरका अनुसार अहिले करिव आधा दर्जन भन्दा बढी विमानहरु होल्डमा छन् ।

विमानस्थलमा विमान अवतरण गर्न नसकेपछि भारतको दिल्ली फर्किएका छन् । विमानस्थलका अनुसार विमानस्थलको मौसम खराब भएपछिि भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज डाइभर्ट गरेको बताएको छ ।

नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयर भारत तर्फ नै डाइभर्ट भएको हुन । भिस्तारा जहाज लखनउ र इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै डाइभर्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077