काठमाडौं । एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।
कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Leave a Reply