जनकपुरधाम । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ आज जनकपुर जाने भएका छन् ।
साँझ ५ : २५ मा बुद्ध एयरबाट मन्त्री श्रेष्ठ जनकपुर जान लागेका हुन् ।
जनकपुर ओर्लिएलगत्तै मन्त्री श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्ने र महोत्तरीको बर्दिवास प्रस्थान गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र स्रोतले बतायो ।
मन्त्री श्रेष्ठले भोलि (सोमबार) हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुलको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
Leave a Reply