Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिका दुवै उम्मेदवारविरूद्ध उजुरी परेन : निर्वाचन आयोग

काठमाडौं । राष्ट्रपति पदका दुवै उम्मेदवारको विरोधमा कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज बिहान १० बजेदेखि २ बजे दिउँसोसम्म कुनै पनि उजुरी नपरेको आयोगले एक सूचना जारी गर्दै जनाएका छ ।

नयाँ राष्ट्रपतिका लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले शनिबार उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचनको मिति तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077