Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरिरहेका छौँ : प्रधानमन्त्री प्रचण्ड

    जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरिरहेका छौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 540
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् ।

    आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका हन् ।



    सत्य निरूपण तथा मेलमिलापसम्बन्धि विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने बताए ।



    उनले भने, ‘आज जनयुद्धको क्रममा प्रथम पटक बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो। २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरिरहेको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार