Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएसँगै तनहुँमा खुसियाली

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दिएसँगै उनको गृह जिल्ला तनहुँमा खुसियाली छाएको छ ।

उनी कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपालगायत विभिन्न पार्टीको सहमतिमा राष्ट्रपतिको उम्मेदवार बनेका हुन् ।

नेता पौडेलको जन्मभूमि तनहुँका नेता तथा कार्यकर्ता एक अर्कामा भेटघाट, टेलिफोन संवाद, विजयीको अग्रिम शुभकामना दिन व्यस्त देखिन्छन् । सामाजिक सञ्जालबाट नेता पौडेलका लागि भोट माग्नेदेखि शुभकामना व्यक्त गर्नेको चहलपहल बढेको छ ।

कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेले वरिष्ठ नेता पौडेलको उम्मेदवारीसँगै तनहुँ गौरवान्वित भएको बताए । राजनीतिको अविरल यात्री तथा निष्ठावान् नेता, राष्ट्र र राष्ट्रियताप्रति अडिग व्यक्तिलाई राष्ट्रपतिमा विजयी गराउनुपर्नेमा उनले जोड दिए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077